कोशी प्रदेश सरकारलाई पहिचान पक्षधरसँग वार्ता गर्न दुई दलीय संयन्त्रको सुझाव

Logo
Popular News शुक्रबार, मंसिर १४, २०८१

विराटनगर, १४ मंसिर । एमाले र काँग्रेस दुई दलीय संयन्त्रले कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न वार्ता समिति बनाउन सरकारलाई सुझाव दिएको छ ।

आज बसेको एमाले र काँग्रेस बिच कोशी प्रदेशमा बनेको सरकार सञ्चालनका लागि सुझाव दिन बनेको दुई दलीय संयन्त्रको बैठकले तत्काल आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति बनाउन सुझाव दिएको हो ।

दुई दलीय संयन्त्रको बैठकपछि पत्रकारसँग बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले वार्ता र संवादबाट मात्रै समस्याको समाधान हुने भएकाले आन्दोलनरत पक्षसँग छिटो भन्दा छिटो वार्ता गर्नु पर्ने बताए । प्रदेशको नामकरण पछि उत्पन्न भएको विवाद पछि प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

यस अघि बनेका प्रदेश सरकारसँग भएको वार्तापछि केही मत्थर भएको पहिचानको आन्दोलन पुन सुरु भएकाले वार्ता समिति बनाउन सुझाव दिएको नेपाली काँग्रेस कोशी प्रदेश तथा संयन्त्रका सदस्य उद्धव थापाले बताए । उनले भने,असन्तुष्ट पक्षसँग वार्ता गर्नका लागि समिति बनाउन भनेका छौ सो समितिले केवल कार निर्माणका विषयमा भएको आन्दोलनरत पक्षसँग समेत वार्ता गर्ने छ ।

दुई दलीय संयन्त्रले कोशी प्रदेश सरकारले सुरु गरेका तर काम सम्पन्न नभएका योजनाहरू सम्पन्न गर्नका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800