इनरुवा, १६ मंसिर । सुनसरीका गढी ६ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७३ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार कुल २ हजार ६ सय ४५ मत खसेको जनाईएको छ ।
खसेको मत मध्ये पुरुष १ हजार २ सय ५८ पुरुष र १ हजार ३ सय ८७ महिला गरि कुल २ हजार ६ सय ४५ मत खसेको प्रारम्भिक तथ्याङ्क छ ।
आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो । शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । मत गणना आजै राती ८ बजेपछि गर्ने तयारी भईरहेको वुझिएको छ