विराटनगर, १७ मंसिर । कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ ग्रहण गरेका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराए ।
सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए ।
नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान जाने विषयमा विवादित भएपछि राजीनामा दिएका थिए ।