नक्कली सुन देखाएर ठगी गर्ने ६ जना इटहरीबाट पक्राउ

Logo
Popular News मंगलबार, मंसिर १८, २०८१

इनरुवा १८ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाएर ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाएर सुनसरी, मोरङ र झापाका विभिन्न १० जनालाई ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरूलाई इटहरीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
चिमरियाका अनुसार उनीहरूको साथबाट नगद दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार ६ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ ।
उनका अनुसार नक्कली सुनका टिल (बिस्कुट) देखाएर प्रलोभनमा पार्दै सर्वसाधारणले लगाएका गरगहना र उनीहरूसँग भएको पैसा ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800