बैदेशिक रोजगारी सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न

Logo
Popular News बिहिबार, माघ १८, २०८०
फोटो : धिरज भट्टराई

इनरुवा, १८ माघ । बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम आज इनरुवामा सम्पन्न भएको छ । सुरक्षति आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत बैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।

कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अपनाउनुपर्ने सावधानी, यसबाट हुने ठगीलाई कसरी न्युनिकरण गर्ने लगायतका बिषयमा कार्यक्रम भएको हो । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बैदेशिक रोजगारीका लागि जानै पर्ने भयो भने सीप सिकेर मात्र जानका लागि आग्रह गरे ।

उनले सकेसम्म आफ्नै देशमा बगाएको पसिना र त्यसबाट भएको आम्दनी उपयुक्त रहेको बताउदै जानै परेको खण्डमा सीप, ज्ञान र अनुभव लिएर मात्र जानका लागि आग्रह गरे ।

पछिल्लो समय बैदेशिक रोजगारीका क्रममा ठगिने क्रमम बढ्दै गएका कारणले यसबाट जोगिनका लागि समेत अज्ञान, अनुभव र सीप आवश्यक रहेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले आग्रह गरे ।

कार्यक्रम इनरुवा नगर प्रमुख भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रजिअ अर्चाय र प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले सहजीकरण गरेका थिए । इनरुवा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यलय सुनसरीको सहकार्यमा कार्यक्रम भएको संयोजक भट्टराईले बताए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800