कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो :अध्यक्ष राउत

Logo
Popular News बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं, २४ फागुन । जनमत पार्टीका अध्यक्ष सीके राउतले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउनुमा प्रधानमन्त्रीले दिएको तर्क लाजमर्दो भएको बताएका छन साथै उनले सत्ता समीकरण फेरिनुमा प्रधानमन्त्री पुष्पकमल दाहालको अविश्वसनीय चरित्र र विदेशी शक्तिको भूमिका रहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्र्दै उनले अहिले गठबन्धन फेरिनुको गहिरो कारण प्रधानमन्त्रीले नै दिन नसकेको बताए ।
बहुमत पुग्ने शक्ति जम्मा पारेर नयाँ गठबन्धन निर्माण गर्नुलाई भ्यागुते प्रवृत्ति भन्दै नेता राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’

उनले प्रधानमन्त्रीको यस्तो उफ्राइले संघीय सरकार मात्र नभई सातवटै प्रदेश सरकार ढल्ने सम्भावना बढेको र त्यसको घाटा देश र जनताले ब्यहोर्नुपरेको बताए । ‘अझ उहाँ गर्वका साथ भन्नुहुन्छ म मिस्टर उथलपुथल हो’, राउतले भने ।

‘एउटा दुईवटा कुर्सी नमिलेर, राष्ट्रियसभा चुनावमा भोट नआएर पो रहेछ’, उनले भने, ‘सैद्धान्तिक धरातलमा टेकेर हुँदै रहेछ भन्ने लागेको थियो, एउटा दुईवटा कुर्सीमा नमिलेर पो रहेछ ।’

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800