विराटनगरको मुनलाइट होस्टलमा छात्रामाथि दुर्व्यवहार, होस्टल सञ्चालक पक्राउ

Logo
Popular News बुधबार, फाल्गुण ३०, २०८०

बिराटनगर, ३० फागुन । मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले छात्रामाथि दुर्व्यवहार गरेकी छन् । अग्रिम भाडा बापतको पैसा माग्दै होस्टल सञ्चालक मधु रेग्मीले छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा मार्फत सार्वजनिक भएको हो ।

बिराटनगरस्थित नर्सिङ क्याम्पसको बीएनयस बीएससी नर्सिङमा प्रथम बर्षमा अध्ययन गर्न आएकी छात्रालाई अमानवीय व्यबहार गरेकी छन्। सार्वजनिक भएको भिडियोमा संचालक रेग्मीले ७ हजार ८ सय रुपैया दिएर अहिले नै कोठा छाडेर जानु भनेको सुनिन्छ।

बिधार्थीहरुले अब हामी एक महिना बस्ने हो भनेका छन् भने रेग्मी पैसा नदिए समानसँगै कोठामा चाबी लगाइदिने भन्दै उनीहरुलाई अमानवीय व्यबहार गरेको देखिन्छ। उनले पैसा नदिए अहिले नै निस्किएर जाउ भनेर उनीहरुको ओढ्ने ओछ्याउने फाल्दै लाचार्पछार गरेको भिडियोमा देखिन्छ।

भिडियोमा संचालकले 

मलाई अहिले तीन हजार पेमेन्ट गर्देउ, आखिर तिमीहरुलाई ३ गते(चैत) दिन्छ भन्ने के ग्यारेन्टी छ त, तीन हजार गर्दैउ, दिनगन्तीले तपाईंहरुको फिर्ता गर्दिन्छु भनेकै छु त मैले, म तपाईहरुको पैसा खान्न नि..।
त्यसपछि मसिनो आवाजमा बोली आउँछ,

त्यो बोलि सकिन नपाउँदै उनी जंगीएर भन्छिन्, ल त्यस्तो भए तिमी निस्की हाल, अहिले नै निस्की हाल, तिमी चाहिँ निस्क भन्दै हातपातमा उत्रिन्छन् । बेडमा भएका कपडा फ्याल्छिन्, कित्ताब फाल्छिन्, कोठामा भएका अन्य दुई विद्यार्थीले रोक्न खोज्छन्, तर रोकिन्नन्, विद्यार्थीमाथि जाइलाग्छिन् ।

यो शब्द चित्र विराटनगर महानगरपालिका– ८ मा रहेको मुनलाइट गल्स होस्टलको कोठा भित्रको हो । मंगलबार बेलुका करिब ४ विराटनगर नर्सिङ क्याम्पसका तीन विद्यार्थी बसेको कोठामा होस्टल सञ्चालक मधु रेग्मी कटवला पुग्छिन् ।

होस्टल छाडेर निस्कने तयारीमा रहेका विद्यार्थीसँग एडभान्सका रुपमा तीन–तीन हजार रुपैयाँ मागेकी थिइन् । नदिएपछि अमानवीय व्यवहार गर्दै हातपातमा उत्रिइन् । त्यसअघि उनले एडभान्स नदिने भए कोठा छाड्न दबाब दिइरहेकी थिइन्, विद्यार्थीले पैसा तिरेका कारण एक महिना बस्ने बताउँदा उनले भनिन्,‘ बस्ने भए चाबि लगाइदिन्छु, तपाईले सामान झिक्नु नझिक्नु तपाईको ठाउँमा छ ।’

विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका तीन विद्यार्थी गत ३ फागुनदेखि होस्टलमा बसेका थिए । उनीहरुको नाम कलेजको होस्टलमा बस्ने विद्यार्थीको लिष्टमा भर्खरै निस्कीएको थियो । ३ चैतसम्मको अग्रिम शुल्क आठ हजार रुपैयाँ बुझाएका थिए ।

मुनलाइट होस्टल छाडेर कलेज आउन लागेकी खनाल, गिरी र भण्डारी थरका विद्यार्थीलाई होस्टल सञ्चालक रेग्मीले अग्रिम ३–३ हजार रुपैयाँ माग्दा प्रतिवाद गरे । ३ चैतसम्मको पैसा तिरेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा रेग्मीले मानिन्, हातपातमा उत्रिइन् ।

कोठा छोडी हाल्नु भन्दै हातपात गरेपछि आत्तिएका विद्यार्थीले कलेजमा सम्पर्क गरेका थिए । मंगलबार राति कलेज प्रशासनले विद्यार्थीलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ । ‘हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ कलेज प्रमुख मेनुका भण्डारीले भनिन्,‘ अमानवीय व्यवहारका भिडियो भाइरल भएको छ, सञ्चालक विरुद्ध हामी कानुनी उपचारमा गएका छौं ।’

होस्टलमा अमानवीय व्यवहार भएको भिडियो बाहिरिएपछि होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले उजुरी परेपछि सञ्चालक रेग्मी पक्राउ परेकी हुन् । उनलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800