सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

राष्ट्रियसभामा अल्पसंख्यकबाट पनि प्रतिनिधि चयन हुने व्यवस्था
Logo
Popular News बिहिबार, पुष ०५, २०८०

काठमाडौं, ५ पुस । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका पारित गरेको हो । यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने उल्लेख छ ।

बिहीबारकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेक अल्पसंख्यक जनजातिलाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय पनि गरेको छ । राष्ट्रियसभामा अल्पसंख्यकबाट पनि प्रतिनिधि चयन हुने व्यवस्था छ ।

अल्पसंख्यक कुन कुन जातिलाई मान्ने भन्ने विषयमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ ले व्यवस्था गरेको छ । सोही ऐनको व्यवस्था अनुसार राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजातिलाई अल्पसंख्यकको रुपमा तोकिएको हो ।

मन्त्रिपरिषद बैठकले अपांगता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800