इटहरीमा एकै प्रकारको पोसाक लागू गर्ने निर्णय विरुद्ध परेको रिटमा अदालतले दिएन अन्तरिम आदेश

Logo
Popular News बिहिबार, चैत्र ०८, २०८०

इनरुवा, ८ चैत्र । उच्च अदालत विराटनगरले इटहरी उपमहानगरको सबै विद्यालयहरूको पोसाक एउटै गर्ने निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतले अन्तरिम आदेश नदिएसँगै इटहरी उपमहानगरले इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागु गर्न गरेको निर्णय कार्यान्वयन हुने भएको छ। इटहरी उपमहानगर विरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयनको बाटो खुलेको हो।

माघ २५ मा इटहरीको शिक्षा समितिले उपमहानगरभरिका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोसाक अनिवार्य गर्ने निर्णय गरेको थियो । यस्तै निजी विद्यालयहरूले शैक्षिक सामग्री किनबेच गर्न नपाउने र भर्ना शुल्क एक पटकभन्दा बढी लिन नपाउने निर्णय गरेको थियो।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले एउटै पोसाक र संस्थागत विद्यालयको शुल्क निर्धारण प्रक्रियाको विरोध गर्दै इटहरी उप महानगरलाई विपक्षी बनाई रिट दायर गरेको थियो ।

उच्च अदालतका न्यायाधीश द्वय विपुल न्यौपाने र कृपासुर कार्कीको संयुक्त इजलासले प्याब्सनले मागेको अन्तरिम आदेश दिन समेत अस्वीकार गरेको थियो । तत्काल उपमहानगर र प्रदेश कानुन मन्त्रालयले उपलब्ध गराएको कानुनमा पोसाक तोक्न पाउने अधिकार नगरपालिकासँगै भएको इजलासले आदेशमा लेखेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800