इटहरीमा खोला पैनी मिचेर बनाएको संरचना भत्काउन सुरु

Logo
Popular News बुधबार, चैत्र १४, २०८०

इटहरी, १४ चैत्र । इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाइएका संरचना हटाउन सूचना जारीको ६ महिना पछि अवैध संरचना भत्काउन सुरु गरेको छ ।
टेँग्रा खोलाको मुहानबाट खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन सुरु गरेकोे छ । यस अघि पटक पटक जारी गरेको सार्वजनिक सूचनालाई अवज्ञा गरेको भन्दै डोजर लगाएर संरचना भत्काउन सुरु गरेको हो ।

मंगलबार डोजर लिएर संरचना भत्काउन पुगेका नगर प्रमुख हेमकर्ण पौडेलले बारम्बार सुचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैले भत्काउन सुरु गरेको जानकारी दिए ।

टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६÷६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मानेर खोला पैनीको दुवैतर्फ ६÷६ मिटर नछोडिकन बनेका संरचना हटाउन सुरु गरेको मेयर पौडेलले जानकारी दिए ।

गएको असारमा ३५ दिने सूचना जारी गर्दै अवैध भौतिक संरचना भत्काउन भनेको उपमहानगरले त्यस पछि पटक पटक १५ दिने र ७ दिने सूचना जारी गरेको थियो ।

खोला, पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदल अन्तर्गतको उपसमितिका प्राविधिक टोलीले टेँग्राखोलाको मुहानबाट नाप जाँच सुरु गरेको थियो ।
गत साउन ९ गतेदेखि प्रविधिक टोलीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बाट काम थालेको थियो । अध्ययन अनुसार ७४ वटा संरचनाहरू खोला मिचेर बनाइएको पाइएको छ । जसमध्ये २२ वटा आरसिसी (पक्की) भवन निर्माण भएका छन् ।

यस्ता संरचनामा घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय र चर्च समेत छन् । अन्य संरचनामा गाईबस्तुका गोठ, सुँगुरका खोरहरू रहेको पाइएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800