देशको विकास हुन शिक्षाको विकास हुन आवश्यक : कोशी प्रदेश प्रमुख खापुङ

Logo
Popular News बुधबार, चैत्र २८, २०८०

इनरुवा, २८ चैत । देशको विकास हुन शिक्षाको विकास हुन आवश्यक रहेको कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ ।

सुनसरीको इनरुवामा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मेरुदण्ड नै शिक्षा भएकाले देशको विकास हुन शिक्षाको विकास हुन आवश्यक रहेको बताउनु भएको हो ।

प्रदेश प्रमुख खापुङले देशमा भईरहेको शिक्षाको लागनी अझै बढाउनुपर्ने र शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षामा गुणस्तर र शिप तथा रोजगारमुलक नभएसम्म बेरोजगारी समस्या बढ्ने भएकाले सबै सरोकारबाला निकायले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । शिक्षाले संस्कार, संस्कृति, कला र सामाजिकता समेत सिकाउने भएकाले शिक्षामा लगानी सहित गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले देशमा सदियौदेखी रहेको सामाजिक, सांस्कृति, धार्मिक, राजनीतिक र भाषिक विविधताको एकतालाई कायम राख्न जरुरी रहेको बताउनुभयो । प्रमुख खापुङले हेकर चार्डपर्व, धर्म, संस्कृति, सद्भावका कार्यहरुले एकअर्कालाई जोड्दै आएकाले सबैमा सो सद्भाव, एकता र मानवीय मुल्य मान्यताको संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

नेपालमा विविध भौगोलिक विषेशता हिमाल, पहाड र तराई तथा विभिन्न भाषाभाषी, जातजाती, धर्मसंस्कृति रहेकाले सबैको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक चार्डपर्वको आफ्नै महत्व भएकाले विहीबार हुने रामादनको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800