प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न

Logo
Popular News बुधबार, चैत्र २८, २०८०

इनरुवा, २८ चैत । इनरुवा १ मा रहेको प्रिसियस एकेडेमीले अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
आज कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहका विच नयाँ भवनको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको मेरुदण्ड नै शिक्षा भएकाले देशको विकास हुन शिक्षाको विकास हुन आवश्यक रहेको बताए ।

प्रदेश प्रमुख खापुङले देशमा भईरहेको शिक्षाको लागनी अझै बढाउनुपर्ने र शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिदै शिक्षा गुणस्तर र शिप तथा रोजगारमुलक नभएसम्म बेरोजगारी समस्या बढ्ने भएकाले सबै सरोकारबाला निकायले ध्यान दिनुपर्ने बेला आएको बताए ।

प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिए । नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

उद्घाटन कायक्रममा कोशी प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरीले इनरुवामा विज्ञान संकायको पढाई हुने विद्यालयको अभाव पुर्तीका लागि प्रिसियस एकेडेमीले विज्ञान, बाणिज्य सहितको संकायमा पढाउने गरी कक्षा थप गरेकोमा शुभकामना दिए ।

कार्यक्रममा प्रिसियस एकेडेमीका प्रिन्सिपल ओमप्रकाश यादवले बालबालिकाको प्रथम पाठशाला घर र शिक्षिका आमा भएकोले बालबालिकाको चौतर्फी विकासको जग अभिभावक भएको बताए । यो विद्यालय भावनासंग जोडिएको र कर्ममा अब्बल दर्जाको विद्यालय भएको, जानकारी गराउदै समय र परिस्थिति अनुसार विद्यालयलाई अगाडि बढाउन सक्षम नेतृत्व भएको भन्दै सहयोगी र शुभचिन्तकहरुलाई धन्यवाद दिए ।

विधार्थीहरुले कला तथा नृत्य प्रस्तुत गरेका थिए भने स्काउटले मार्चपास सहित स्वागत सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि खापुग सहित विशिष्ट अतिथिमा प्रदेश सभा सदस्यहरु, स्थानीय समाजसेवी, स्थानीय तहका जनप्रतिनिधि, टोलबिकास संस्थाका पदाधिकारी, अभिभावक, शिक्षाप्रेमी, शुभेच्छुक विधार्थीहरु, विभिन्न सामाजिक ब्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा विधालयको समग्र भौतिक, शैक्षिक अवस्था र आगामी शैक्षिकसत्रको योजना प्रस्तुत गरेका थिए । वार्षिक उत्सवमा बोल्ने अधिकांस बक्ताहरूले शिक्षालाई गुणस्तरीय बनाउन सबैको भुमिका रहने बताउदै बालबालिकाको पहिलो पाठशाला घर भएको हुंदा अभिभावक बढी जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800