प्रदेश संरचना नेता पाल्ने माध्यम बन्यो, विकल्प खोज्न ढिला गर्न नहुने : रवि लामिछाने

Logo
Popular News शनिबार, पुष ०७, २०८०

काठमाडौं, ७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका छन् ।

शनिबार पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै सभापति लामिछानेले प्रदेश संरचना बेढंगको भएको बताए ।

प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न हुँदैन । यो बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ । यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ’, लामिछानेले भने ।

प्रदेशले केही नेता र उनीहरुका आफन्तलाई जागिर दिने काम गरेको भन्दै उनले भने, ‘सरकारी ढुकुटीबाट तेल, इन्धन, गाडी चन्छन् तर यसले नतिजा दिँदैन ।’

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800