

इनरुवा,२४ बैशाख । सुनसरी सदरमुकाम इनरुवामा प्रमा इनरुवा महोत्सव २०८१ को उद्घाटन भएको छ । ंइनरुवा रंगशाला (जेल्डफिल्ड) मा महोत्सवको नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला र इनरुवा नगरपालिकाको प्रमुख केदार भण्डारी द्वयले परेवा उडाएर उद्घाटन गर्नु भयो ।
सन्तावन्न यूवा क्लवको आयोजनामा प्रथम इनरुवा महोत्सव २०८१ बैशाख २४ देखि जेष्ठ ७ गते सम्म संचालन हुने आयोजनाले जानकारी दिएको छ ।
महोत्सवको उदघाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले स्थानीय व्यापारीलाई समेटेर इनरुवाको चिनारीलाई चिनाउन महोत्सव सफल हुने बताउनु भयो ।
महोत्वसमा मन्तव्य राख्नुहुदै सुनसरीका प्रमुख जिल्ला अधिकारीे जयनारायण आचार्यले इनरुवा महोत्सवले स्थानीय कृषि, व्यवसाय, धार्मिक पर्यटकिय बस्तुलगायतलाई उजार गर्नु पर्नेमा जोड दिनुभयो ।
सुनसरी जिल्लाको सदरमुकार इनरुवा सुन्दर र शान्त नगर रहेको इनरुवा नगरपालिकाको प्रमुख केदार भण्डारीले बताउनु हुदै यो महोत्सवले इरुवाको शान र मान बढनेमा विश्वास रहेको बताउनु भयो ।
महोत्सवमा कृषि सामाग्रि, विभिन्न परिकारका खानेकुराको स्टल सहित बालबालिकाको लागि खेलकुदको स्टल रहेको आयोजकले जानकारी गराएको छ ।
महोत्सवमा स्थानीय कलाकरदेखी राष्ट्रिय स्तरका कलाकरहरुको प्रत्येक दिन सांस्कृतिक प्रस्तुति रहने आयोजकको भनाई छ । नेपाली तथा भोजपुरी कलाकारहरुको दमदार प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।
यस महोत्वसबाट हुन आउने आम्दानी रकमबाट एम्बुलेन्स खरिद गरि संचालन गर्ने आयोजकको भनाई छ ।