संविधानले दिएको भूमिका निष्ठा पूर्वक निभाउने छु : राष्ट्रपति पौडेल

Logo
Popular News शनिबार, पुष ०७, २०८०

 

विराटनगर , ७ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको भूमिका निष्ठा पूवर्क निभाउने बताएका छन साथै उनले लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले मोरङको विराटनगरमा आज आयोजना गरेको पदस्थापना तथा प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले आफू पदमा रहेसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने बताए । ‘मेरो तागतले भ्याएसम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्छु, । संविधानले दिएको भूमिका निष्ठा पूवर्क निभाउने छु, उनले भने ।

उनले अर्थतन्त्रमा देखिएको असरमा सरकारले चालेका केही कदमहरूको सकारात्मक प्रभाव परे पनि आर्थिक चलायमान भने नभएको बताएका छन् । सरकारले अर्थतन्त्रका विषयमा चालेका कदम तथा नीतिहरूमा निजी क्षेत्र मजबुत अवस्थामा रहेको पनि उनले बताएका छन् ।

सरकारले स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्नुपर्ने पनि उनले बताएका छन् । ‘आम्दानीको सिर्जना नहुँदा जनशक्ति बिदेसिएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘यसको प्रभाव आज हाम्रा गाउँघर रित्तिइरहेका छन् ।’ बिदेसिने जनशक्तिलाई रोक्नलाई कृषि र खनिजमा आधारित उद्योगहरूको विस्तार गरेर विदेशी ठुला कम्पनीहरू ल्याएर स्वदेशमै तालिमहरू दिएर रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमै दक्ष जनशक्तिको उत्पादन गर्नका लागि राज्यले ध्यान दिनुपर्ने उनको तर्क रहेको छ । आर्थिक क्षेत्र चलायमान गर्न सरकाले एक्लै सक्ने अवस्था नरहेकाले निजी क्षेत्रको पनि आवश्यकता रहेको उनले बताएका छन् । उनले तिनै तहका सरकारले आर्थिक क्षेत्र चलायमान बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800