

इनरुवा, २६ बैशाख । सशस्त्र प्रहरीले सुनसरीको बर्जुबाट एक क्विन्टल गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले मंगलबार राति सशस्त्र प्रहरीले बर्जु गाउँपालिका वडा नम्बर ४ स्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद गरेको जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीको प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज बोर्डर आउट पोस्ट साहेबगंज र हर्बेनीको संयुक्त टोलीले हसनपुरमा उखुको सुकेको पत्ताले छोपेर राखेको तीन वटा बोरामा एक क्विन्टल गाँजा फेला पारेको थियो। बरामद गाँजा सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।