श्रममा ठुलो सानो नहुने : मुख्यमन्त्री कार्की

कोसी प्रदेश सरकार, स्विस कनट्याक्ट र आसमान नेपाल बिच त्रिपक्षीय हस्ताक्षर
Logo
Popular News बुधबार, पुष ११, २०८०

विराटनगर, ११ पुष । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधवार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठुलो सानो नहुने बताएका हुन् ।

हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा को ठुलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी रहेको छ ।’ मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्त्वपूर्ण साबित हुने उल्लेख गरेका छन् । ‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने भएको छ ।

उनले भने, यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्दछ ।’ मुख्यमन्त्री कार्कीले मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यति विकाशले गति लिने बताए ।

हरेक विकसित मुलुकको श्रम बजार विश्वमा छ । मानिसले आवस्यक्ता अनुसारको श्रम गर्न पाउने व्यवस्था संविधानमा नै उल्लेख भएको अवस्था छ ।
अनि एक थरी मानिसहरू मानिस बिदेसिए देश सकियो भनेर भ्रम फैलाइरहेका छन् ।’ उनले थपे । यस परियोजनाले विश्वको श्रम बजारलाई समेत व्यवस्थित बनाउन सक्छ र हामी यसलाई विस्तार गर्ने छौँ ।’

श्रम सञ्चार कोसी प्रदेशको सामाजिक विकाश मन्त्रालयले स्विस कनट्याक्ट साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो । यस परियोजनाले सुरुवातमा कोसी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिकाका साथै दुहबी नगरपालिकाले साझेदारी गरेका छन् ।
क्रमशः सबै पालिका समेट्ने लक्ष रहेको स्विस कनट्याक्ट प्रोजेक्ट अफिसर सागर चापागाईँले जानकारी दिए । उनले भने, ‘यो काम खोज्नका साथै रोज्नका लागि निःशुल्क माध्यम हो । अर्कोतर्फ यो प्रणाली प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको जिआईडिसि सँग लिङ्क भएकाले पनि हाम्रा डाटाहरू सुरक्षित रहेका छन् ।

एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने विश्वास लिइएको छ । सो प्रणालीमा हालसम्म ३४ सय बढी संस्था तथा व्यक्ती दर्ता भएका छन् ।

जसमा तीन सय बढीले रोजगारीका लागि आवेदन दिँदा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको उद्घाटन समारोहका बिच चापागाईँले बताए ।
सामाजिक विकाश मन्त्रालयका सचिव वासुदेव दाहालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यगत एकता तथा सहकार्यका लागि लागि कोसी प्रदेश सरकार स्विस कनट्याक्ट र आसमान नेपालका बिच त्रिपक्षीय हस्ताक्षर समेत भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800