सुनसरी, २९ बैशाख । सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ८ स्थित रहेका सीमा स्तम्भको अवस्थाको बारेमा अनुगमन गरिएको छ ।
शुक्रवार कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी प्रस्तावित गुल्मका इन्चार्ज डिएसपी संतोष अधिकारीको नेतृत्वमा सीमा अनुगमन गरेको हो ।
सिमा स्तम्भ समितिको बैठक बसी चौरी पैठारी नियन्त्रण , लागूऔषध नियन्त्रण, विपद व्यवस्थापन, सूचना आदानप्रदान लगायतको विषयमा छलफल गरी ४५ औं बटालियन अन्तर्गत रहेका भारतीय एसएसबी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, मानव अधिकारकर्मी, संचारकर्मीको सहभागितामा अनुगमन गरिएको हो ।
छलफलका सीमा क्षेत्रमा कुनै समस्या भएमा सर्वपक्षीय सहयोगबाट देखिएका समस्या समाधान गरिने समझदारी भएको छ ।