सरकार छाड्ने तयारीमा जसपा नेपाल, मधेश प्रदेशमा एमाले र माओवादीद्धारा समर्थन फिर्ता

Logo
Popular News आइतबार, बैशाख ३०, २०८१

काठमाडौं,३० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने र सरकार छाडने तयारी गरेको छ। सरकारी दलहरुले आफ्नो पार्टी विभाजन गराएको बुझाई रहेको जसपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने मनस्थितमा पुगेको पार्टी स्रोतले बताएको छ ।

अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्ष समेत प्रचण्ड सरकारमै छ । आज विहान यादवले प्रधानमन्त्रीसँगको भेटमा सरकार छाड्ने चेतावनी दिएका थिए ।

प्रदेशमा माओवादी र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भइसकेपछि जसपा नेपालले पनि केन्द्रमा सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ।

यादवले सोमबार राजधानीमा बस्नेगरी पार्टीको कार्यकारिणी बैठक डाकेका छन् । अध्यक्ष यादवले आज माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए। सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनले पार्टीको बैठक बोलाएका हुन्।

मधेश प्रदेशमा एमाले र माओवादीद्धारा समर्थन फिर्ता

आज नेकपा एमाले र माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका छन् । भने दुवै दलबाट बनेका मन्त्रीहरुले राजिनामा दिएका छन ।

जसपा नेपालमा आएको विभाजनपछि सो पार्टीलाई सत्ताबाट हटाउने रणनीतिअनुसार एमाले र माओवादीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका हुन् ।

मधेश प्रदेशमा एमाले र माओवादी केन्द्रले समर्थन लिएकोले संघिय सरकारले जसपा नेपालले दिएको समर्थन फिर्ता लिने र सरकार छाड्ने अवस्था बन्नेको पार्टी स्रोतले बताएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800