सरकारले तोक्यो गहुँको समर्थन मूल्य

Logo
Popular News बिहिबार, पुष १२, २०८०

काठमाडौं,१२ पुष । सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि गहुँको समर्थन मूल्य तोकेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको हो।

गत वर्षभन्दा यस वर्ष प्रति क्विन्टल दुई सय ९९ रूपैयाँ १४ पैसा बढाएर मूल्य निर्धारण गरिएको छ।

गत वर्ष गहुँको समर्थन मूल्य प्रति  क्विन्टल तीन हजार तीन सय ५१ रूपैयाँ थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800