इनरुवा, २ जेठ । आगामी जेठ ५ देखि ७ गतेसम्म हुने नेकपा एमाले सुनसरीको अधिवेशनका लागि ’प्रतीक चिह्न’ लोगो सार्वजनिक गरेको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै एमाले सुनसरीले ’लोगो’ सार्वजनिक गरेको हो ।
लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र उद्यमशीलता लगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको उपसचिव राम कोइरालाले जानकारी दिए ।
एमालेको सातौँ जिल्ला अधिवेशन इनरुवामा आयोजना गरिएको र आठौँ अधिवेशन इटहरीमा गर्न लागिएको एमाले सुनसरीले जनाएको छ ।