प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित

Logo
Popular News शुक्रबार, जेठ ०४, २०८१

काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले जारी गरेको सूचना अनुसार अब अर्को बैठक २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै सभामुख देवराज घिमिरेले अन्तिम समयमा दिउँसो २ बजेका लागि स्थगित गरेका थिए । तर २ बजे पनि बैठक बस्न सकेन ।
बैठक सञ्चालनबारे शुक्रबार मध्यान्ह सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएपछि दलहरुबीच सहमति जुटाउने र त्यसपछि मात्रै बैठक सञ्चालन गर्ने भन्दै बैठक स्थगित गरिएको हो ।
कांग्रेसले सहकारीको रकम अपचलन गरेको विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग भन्दै संसद्मा अवरोध गर्दै आएको छ ।
कांग्रेसको अवरोधकै कारण बिहीबारको बैठकमा सत्तापक्ष र विपक्षका सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800