कोशी प्रदेश सरकार विस्तारका लागि मन्त्रालयको टुङ्गियो बाँडफाँड

Logo
Popular News शुक्रबार, जेठ ०४, २०८१

विराटनगर, ४ जेठ । कोशी प्रदेश सरकार विस्तारका लागि मन्त्रालयको बाँड फाँड टुङ्गिएको छ । जसमा एमालेबाट मुख्यमन्त्रीसहित ६ र माओवादीबाट ४ जना मन्त्री परिषद्मा सहभागी हुने भएका छन ।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की, सामाजिक विकास मन्त्रालय पाँचकर्ण राई,उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जामगर रहने भएका छन् ।

दुई राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री कार्यालय र वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । जसमध्ये उप्रेती, राजेन्द्र कार्की, बुर्जामगर र झाँगड माओवादी हुन् ।

एमालेबाट राज्यमन्त्री बन्न लागेकी सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र माओवादीकी वन्दना झाँगडलाई पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800