औराबनीका २० विपन्न परिवारले नयाँ घर पाउँदा खुसी

Logo
Popular News शनिबार, जेठ ०५, २०८१

इनरुवा, ५ जेठ । सुनसरीको गढी गाउँपालिका–२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारले नयाँ घर पाएका छन ।उनीहरु नयाँ घर पाउँदा खुसी भएका छन ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएका घर परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै मन्त्री चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म कुनैपनि परियोजना सफल हुन नसक्ने बताइन् ।
उक्त घरहरु भूमिहीन दलित÷आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिकाका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा घर बनाइदिएका हुन् ।

गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, सङ्कल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपैयाँ बराबर सहित १ करोड ७ लाख ५० हजार २ रुपैयाँ कुल लागतमा घरहरु निर्माण भएका हुन् ।

२०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो । विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन् । भवन निर्माणका लागि जग्गा गढी गाउँपालिकाले उपलव्ध गराएको हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800