राष्ट्रिय मुक्ति क्रान्तिद्वारा देशव्यापी कार्यक्रम घोषणा (प्रेस बक्तव्यसहित)

Logo
Popular News शनिबार, जेठ ०५, २०८१

काठमाडौ, ५ जेठ । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको कार्यक्रम घोषणा गरेका छन । जेठ ६ गतेदेखि असार ४ गतेसम्म एकमहिने राष्ट्रव्यापी कार्यक्रम पत्रकार सम्मेलन मार्फत घोषणा गरेका हुन ।

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शनिबार पत्रकार सम्मेलन गरेर देशैभर विभिन्न कार्यक्रम गर्ने भनी घोषणा गरेका छन ।
राष्ट्रिय मुक्ति क्रान्तिको गभर्निङ्ग काउन्सिलको जेठ १ देखि ३ गतेसम्म र मधेश–थरुहटका नेताहरुसँग जेठ ३ देखि ५ गतेसम्म भएको बैठकबाट पारित दोस्रो चरणको कार्यक्रम र निर्णयहरु पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएको छ ।

घाषित कार्यक्रम अनुसार जेठ २१ थरुहट र मगरातको सामुदायिक गुठी विशेष बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा दाङमा आयोजना हुनेछ । त्यस्तै जेठ २६ गते विराटनगरमा कोशी नाम खारेजी तथा राज्य पुनर्संरचना विरुद्ध वृहत् प्रदर्शनी तथा आमसभा, जेठ २९ गते बाग्लुङको बुर्तिवाङमा ढोरपाटन सिकार आरक्षणविरुद्ध बृहत् सांस्कृतिक प्रदर्शनी तथा आमसभा हुनेछ भने असार १ गते मधेसी पहाडी बृहत् एकता प्रदर्शनी तथा आमसभा सर्लाहीमा गर्ने भएको छ ।

जेठ ६ गतेदेखि सुरु हुने कार्यक्रमहरुमा देशैंभर सयौं भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रमहरुमा जेठ २१ गते दाङ, जेठ २६ गते विराटनगर, जेठ २९ गते बुतिबाङ, असार १ गते लालबन्दी र असार ४ गते फिब्व ख्यः काठमाडौमा विशाल जनप्रदर्शन गरिने जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
असार ४ गते काठमाडौँमा नेवाः राष्ट्रको औपनिवेशिक सत्ता दाबी तथा स्वशासन विधान घोषणा कार्यक्रमको आयोजना गरिनेछ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800