इनरुवा ४ स्थित त्रिबेणीघाटमा निर्माणधिन मन्दिरबाट मुर्ति चोरी

Logo
Popular News आइतबार, जेठ ०६, २०८१

इनरुवा, ६ जेठ । इनरुवा ४ स्थित त्रिबेणीघाटमा निर्माणधिन रहेको त्रिवेणी घाट हनुमान मन्दिरबाट मुर्ति चोरी भएको छ ।

निर्माणधिन मन्दिरमा जेष्ठ ३ गते बिहिवार हनुमानको मुर्ति जडान गरेको र सोहि दिन वेलुका मुर्ति चोरी भएको त्रिवेणी घाट हुनमान मन्दिर निर्माण उपभोक्ता समितिले जनाएको छ ।

इनरुवा नगरपालिका ४ का वडा अध्यक्ष बौवालाल मेहताले विहिवार विहान ९ बजेको समयमा हनुमान मन्दिर भित्र मुर्ति जडान गरेको जानकारी दिए । उनले विहान ९ बजे जडान गरेको मुर्ति सोहि दिन बेलुका ८ बजे चोरी भएको जानकारी आफुलाई आएको र हेर्न जादाँ मन्दिरमा लगाएको ताल्चा फुडेर मुर्ति चोरी भएको अवस्था देखिएको बताए ।

स्थानिय वडाबासी विच मन्दिरमा मुर्ति राख्ने विषयमा विवाद भएको थियो । स्थानियले फाईवरको मुर्ति राख्नु हुदैन, मार्वलको मुर्ति राख्नुपर्छ भन्ने थियो तर इष्टिमेटमा फाईवरको मुर्ति राख्न भनेकोले फाईवरको मुर्ति राखिएको इनरुवा ४ का वडाअध्यक्ष मेहताको भनाई छ ।उनले मन्दिर चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको र प्रहरीले अनुसन्धान तिव्ररुपमा गरिरहेको जानकारी दिए ।

तहाँस्थित मन्दिरका पुजारी बच्चा मेहताले बिहिवार बेलुका ७ बजे आफुले त्यहाँ भएको पुरानो मन्दिरमा पुजाआज गरेको र मेरो हात काटिएकोले उपचारको लागि बाहिर निस्केको तर फर्केर आउदाँ मन्दिरको ढोका खुल्ला रहेको देखिएको बताए । अनि निर्माणधिन मन्दिर भित्र हेर्न जादा मुर्ति नभएकोले तुरुन्त समितिका पदाधिकारीहरुलाई जानकारी गराएको उनले बताए । साथै उनले मुर्ति राखिएको मन्दिरको साँचो आफुलाई नदिई समितिले नै राखेको समेत बताए ।

निर्माण प्रकृयामा रहेको मन्दिर भित्र स्थापना गरिएको मुर्ति चोरी हुनु दुःखद भएको इनरुवा ४ का स्थानिय डा. सूर्य नारायण मेहताले भने, उनले चोरी गर्नेलाई अविलम्व अनुसन्धान गरि कारवाही गर्नुपर्ने बताए ।

इनरुवा ४ का स्थानिय लक्ष्मि साहले आफुलाई मन्दिरमा मुर्ति राखिएको जानकारी नभएको प्रतिकृया दिए ।

इनरुवा ४ का पूुर्व वडाअध्यक्ष शयामदेव मेहताले मन्दिर निर्माण प्रकृया आफ्नो कार्यकालमा शुरु गरेको तर विभिन्न कारणले सम्पन्न गर्न नसकिएको जानकारी दिए । उनले अहिलेको वडाअध्यक्षले स्थानिय वडावासी संग समन्वय नगर काम गर्ने गरेको अरोप लगाए । मुर्ति राख्ने विषयमा विबाद भयो, स्थानियले शंखममरको मुर्ति राख्नु पर्ने भने तर फाईवरको मुर्ति ल्याउने काम भयो, जसले गर्दा मन्दिरमा मुर्ति राख्ने विषयमा स्थानियहरु असन्तुष्ट रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मुर्ति चोरीको घटनाको सम्वन्धमा अनुसन्धान भईरहेको जनाएको छ ।

त्रिवेणी घाट हनुमान मन्दिर निर्माण गर्नका लागि इनरुवा ४ को वडाबजेट बाट रु. ५ लाख र जनश्रमदान १ लाख ३४ हजार नौसय चौहत्तर पैसा खर्च हुने त्रिवेणी घाट हुनमान मन्दिर निर्माण उपभोक्ता समितिले टांसेको सूचना फ्लेक्समा उल्लेख गरिएको छ ।
इनरुवा ४ का स्थानिय मध्ये एकपक्षले मन्दिरमा फाईवरबाट निर्मित मुर्ति राख्ने र अर्को पक्षले शंखमर्मरको मुिर्त राख्नुपर्ने विवादका विच मुर्ति चोरी भएकोले अन्तुष्ट पक्षले मुर्ति चोरी गरेको स्थानियको अशंका रहेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800