एमाले सुनसरीको नयाँ नेतृत्वका लगि कडा भिडन्त, अध्यक्षमा खेमराज र निलम बिच प्रतिस्पर्धा

Logo
Popular News सोमबार, जेठ ०७, २०८१

इनरुवा, ७ जेठ । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशन चुनावी प्रकृयामा प्रवेश गरेको छ । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न पार्टीका नेताहरुको निर्देशन भएपनि दुई पक्ष विच चुनावी प्रतिप्रर्धा हुने भएको छ । एमाले सुनसरीको आठौं अधिवेशनमा विभिन्न पदमा गरि २८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत गोविन्द मिश्राका अनुसार अध्यक्षका पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षका लागि निलम खनाल र खेमराज पोख्रेलले मनोनयन दर्ता गराएका छन् । यस्तै उपाध्यक्षमा परशुराम यादव र नन्द बस्नेतले मनोनयन दर्ता गराएका छन् । सचिवमा पनि दुई जनाको मात्रै मनोनयन परेको छ । सचिवमा राम कोइराला र पदम लिम्बुले मनोनयन दर्ता गराएका छन् ।

सर्वसम्मत नेतृत्व छान्न नसकेपछि प्रतिस्पर्धाका आधारमा नयाँ नेतृत्व छान्न कडा प्रतिस्पर्धा हुन लागेको हो । दुईवटा प्यानल विचमा नयाँ नेतृत्व चयनका लागि भिडन्त हुने भएको छ । सोही अनुसार उम्मेवारले मनोनयन दर्ता गराएका छन ।
निलम प्यानलको उपाध्यक्षमा परशुराम र सचिवमा राम कोइराला छन् । खेमराज प्यानलमा भने उपाध्यक्षमा नन्द बस्नेत र सचिवमा पदम लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।

उप सचिवमा भने ६ जनाको मनोनयन दर्ता भएको छ । दुई जना उप सचिव पदका लागि देवानन्द मेहता, इन्द्रकला राई, कमला थापा मगर,याम सुब्बा, कृष्णप्रसाद भट्टराई र भीम पोख्रेलको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मिश्राले जानकारी दिएका छन । लेखा आयोगमा नौ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता भए पनि मतदानको समय भने अझै तोकिएको छैन ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800