विराटनगर, १० जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी गरेका छन ।
जसपा नेपाल मोरङ निर्वाचन क्षेत्र नम्बर ५ ले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आयोजना गरेको कार्यक्रममा उनले राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउदै प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ सरकार टिकाउनका लागि जसपालाई फुटाएँ, जे पनि गर्छु’, उनले भने,’प्रधानमन्त्रीले जे गरेर पनि सत्ता टिकाउने र राज्यको शक्ति र स्रोतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेको लोकतन्त्रलाई सिध्याउने अभ्यास हो, लोकतन्त्रलाई सिध्याउने खेल राज्यबाट भइरहेको छ ।’
नेपालमा संसदीय व्यवस्था नै असफल भइसकेको बताउँदै यादवले अहिले संसदमा सरकारले मार्सल लगाइरहेको बताए ।