एमाले अध्यक्ष ओलीले गरे सप्तकोशी न्युरो अस्पतालको उद्घाटन

Logo
Popular News बिहिबार, जेठ १०, २०८१

इनरुवा, १० जेठ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ४ स्थित नवनिर्मित सप्तकोशी न्युरो अस्पतालको उद्घाटन भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिवार नवनिर्मित सप्तकोशी न्युरो हस्पिटल प्रा.लि.को उद्घाटन गरेका हुन ।

अस्पताल संचालक डा. रामबाबु गिरीले ६० करोड लगानीमा भोक्राहा नरसिंहमा आधुनिक उपकरण सहितको ५० शैयाको सुविधा सम्पन्न अस्पतालको उद्घाटन गरिएको जानकारी दिए ।

स्थानीय तहमा नै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ६० करोडको लगानी र एक सय बढीलाई प्रत्यक्ष रोजगार तथा दैनिक सयौंलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरी अस्पताल सञ्चालनमा ल्याएको डा. गिरीको बताए ।

अस्पतालमा निःशुल्क विरामी ओपीडि जाँच, भिडियो एक्सरे, एक्सरे, सीटी स्क्यान, ल्याव, इसीजी, आईसीयु, एनआईसीयु, भेन्टिलेटर, न्युरो सर्जरी शल्यकृया, हाडजोर्नी शल्यकृया, जनरल, मेडिकल, प्याथोलोजी, गाइनो, डेरीभरी सम्बन्धी शल्यकृया, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओटी लगायतका सेवाहरु प्रदान गर्ने डा. गिरीले जनाकारी दिए ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800