इनरुवा, ११ जेठ । सुनसरीको भोक्राहानरसिंहमा अस्पताल उद्घाटन गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पताललाई राजनैतिक थलो भएझै भाषण गरेका छन । उनले गृहमन्त्री रवि लामिछानेको बचाउ र काग्रेसको धुलाई गर्न भ्याए । उद्घाटन अस्पतालको तर भाषण राजनैतिक दाउपेचको । यस्ता विशिष्टकृत कार्यक्रमहरुलाई नेताहरुले राजनैतिक थलो बनाउदै विभिन्न सवाल जवाफ र प्रतिकृया दिने प्लेटफर्मको रुपमा बुझ्दा महत्वपुर्ण बिषय बिषयान्तर हुने गरेको छ । काम एकतिर तर कुरा अर्के । यस्तै हर्यो अस्पतालको उद्घाटन ।
बिहिवार अस्पताल उद्घाटन कार्यक्रममा एमालेका अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै कान्तिपुर मिडिया ग््रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा दैशैभर रोइलो सुरु भएको प्रतिकृया दिए ।
अदालतको आदेशमा नागरिकता छानबिनको लागि प्रहरीले पक्राउ गरेका सिरोहियाको विषय अनाहकमा उचालिएको बताएका ओलीले कोही एक व्यक्तिलाई अनुसन्धानमा लैजादैमा प्रजातन्त्र कुण्ठित भयो भनिनु उचित नभएको बताए ।
ओलीले डा.शुनिल शर्मा र तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड पक्राउ पर्दा चुइक्क नबोल्ने कांग्रेसले अहिले आएर देखाएको रवैया अशोभनीय रहेको बताए ।
ओलीले कांग्रेसको अवरोध र बिरोध प्रति लक्षित गर्दै रवि लामिछाने माथि जाइलागेको कांग्रेसले दोहोरो चरित्र देखाएको सबै सामू छर्लङ्ग भएको बताए ।
प्रधानमन्त्री खाउ भनेर बिन्ति गर्न पुगेको कांग्रेस रविले नमानेपछि उनलाई सहकारी ठग होस भनेर भन्ने अवस्थामा पुगेको ओलीको भनाई छ ।
एमालेका अध्यक्ष ओलीले डाक्टर रामबाबु गिरीले भोक्राहानरसिंह ४ मा संचालनमा ल्याएको सप्तकोशी न्युरो हस्पिटल प्रा.लि.को उद्घाटन गरेका थिए ।
अस्पताल संचालक गिरीले ६० करोड लागतमा संचालन ल्याएको अस्पतालले न्यूरो सर्जरी सहितका अन्य सबै सेवा दिने जनाएको छ । उनले अत्याधुनिक मेसिन र उपकरण जडान रहेको बताएको अस्पतालले न्यूरो सर्जरी शल्यक्रिया, सीटी स्क्यान, ल्याब, ईसीजी, आइसीयु, एनआइसीयु, भेन्टिलेटर, हाडजोर्नी शल्यक्रिया,गाइने र डेलिभरी सम्बन्धि शल्यक्रिया लगायतका सेवा दिने जानकारी दिएका छन ।
अस्पताल उद्घाटन कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।