काठमाण्डौं, ३ असार । चौध बर्ष अघि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
बास्तविक कथामा निर्माण गरिएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ ।
साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अप्ठयारो महसुस भएको कुरा गीतमा बर्णन गरिएको छ ।
सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।
’साझँ पर्नु अघी ’ राम स्यानताङ्ग , पूर्णिमा मगर, विजय लामाको फिचरिङ्गमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।