रामधुनीमा लागू औषध दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम सञ्चालन

Logo
Popular News मंगलबार, आषाढ ०५, २०८१

इनरुवा, ४ असार । सुनसरीको रामधुनी नगरपालिकामा लागू औषध दुव्र्यसन विरुद्धको आमाहरु कार्यक्रम सञ्चालन भएको छ ।
मंगलबार रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले लागू औषध दुव्र्यसन विरुद्धको आमाहरु कार्यक्रम उद्घाटन गरेका हुन ।

लागू पदार्थको दुव्र्येसन न्यूनीकरण गर्ने, समाजमा सार्थक सन्देश सहित जागरण ल्याउने र युवाहरुलाई सभ्य, शिष्ट बनाउने तथा दुव्र्यसन मुक्त बनाउने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको प्रमुख चौधरीले बताए ।

प्रहरीको विभिन्न कार्यक्रम अन्तर्गत लागू पदार्थ दुव्र्येसन विरुद्धको अभियान पनि एक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए । साथै उनलेले आमाहरूको भूमिका महत्वपूर्ण रहने भएकोले दुव्र्यसन विरुद्धमा आमाहरूलाई प्रशिक्षण गर्न प्रत्येक वडासम्म कार्यक्रम गर्न लागेको जानकारी दिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले सबै सरोकारवालाहरुले यस अभियानलाई सार्थक पार्नका लागि आफ्नो ठाउँबाट सहयोग दिनुपर्नेेमा जोड दिए ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800