कोशी गाउँपालिकामा सवारी मर्मत र इन्धनका लागि १ करोड १४ लाख खर्च, सरकारी रकमको चरम दुरुपयोग

Logo
Popular News शुक्रबार, आषाढ ०८, २०८१

इनरुवा, ७ असार । कोशी गाउँपालिकाले आर्थिक बर्ष २०७९।८० मा सवारी ममर्त र इन्धन बापत १ करोड १४ लाख भन्दा बढि रकम खर्च गरेको छ ।

महालेखा परीक्षक प्रतिवेदन २०८० मा उल्लेख भए अनुसार सवारी साधन मर्मतका लागि  २७ लाख ९६ हजार २०७ रुपैया खर्च गरेको छ भने सावरी साधनको इन्धनका लागि ८५ लाख ९३ हजार ६६९ रुपैया खर्च गरेको छ ।

गाउँपालिकामा रहेको चल्ती जिन्सी माल समान मर्मत र्गुपर्ने भएमा सोको अभिलेख तयार गरि राख्नु पर्नेमा सो अभिलेख नराखी सवारी साधनको मर्मतमा विभिन्न भौचरहरुबाट २७ लाख ९६ हजार २०७ रुपैया खर्च गरेकोले बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार गाउँपालिकाले प्रत्येक सवारी साधनको लागि बेग्लाबेग्लै (म.ले.प.फा.नं.९०५ ) बमोजिमको सवारी साधनको लगबुक राख्नुपर्ने र सवै महल भर्नु पर्नेमा सो अनुसार लगबुक नराखी इन्धन खरिद गरेवापत आयल स्टोरलाई ८५ लाख ९३ हजार ६६९ रुपैया खर्च गरेकोमा बेरुजु कायम गरेको छ । इन्धन कार्यालय प्रयोजनमा ४९ लाख १७ हजार ५६६ रुपैया र इन्धन पदाधिकारीमा ३६ लाख ७६ हजार १०३ रुपैया खर्च गरेको देखिएको छ ।

इन्धन खर्च लेख्दा अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट जारी कार्य सञ्चालन निर्देशिका, २०७७ अुनसार इन्धन खर्च पाउने मापदण्ड अनुकुल हुने गरी सभाबाट मापदण्ड बनाई सोही अनुसार खर्च लेख्नु पर्ने निर्देशन विपरित इन्धन खर्च गरिएको देखिएको छ ।

कोशी गाउँपालिकामा सवारी साधन मर्मत र इन्धन बापत चरम ढंगबाट दुरुपयोग गरेको र निर्देशिका तथा प्रकृया विपरित खर्च गरेको प्रतिवेदनबाट प्रष्ट हुन्छ ।

गाउँपालिकामा २२ वटा मोटरसाइकल, १ वटा गाडी, १ वटा ब्याकहोलोडर, २ वटा टयाक्टर र १ वटा एम्वुलेन्स रहेका छन ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800