विराटनगर महानगरद्धारा विपद व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन

Logo
Popular News शनिबार, आषाढ ०९, २०८१

विराटनगर, ८ असार । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहत सहितका तयारीका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

विराटनगरका प्रमुख स्तरीय निर्णय अनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको हो ।

टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, आर्थिक व्यवस्थापनमा संजीवकुमार भट्टराई, आवास व्यवस्थापनमा कृष्ण भट्टराई, पशुपंछी व्यवस्थापनमा शुभनारायण यादव, स्वास्थ्य व्यवस्थापनमा डा. दिलीपकुमार यादव, पूर्वाधार व्यवस्थापनमा इन्जिनियर अर्जुन थापा रहेका छन ।

त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहने गरी प्रतिकार्य टोली गठन गरिएको छ ।

बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायतको व्यवस्थापनको सम्पूर्ण तयारी गर्नेछ । ‘प्रतिकार्य टोलीमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी विपदका लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ,’ निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800