कोशी गाउँपालिकाको बजेट ५३ करोड ७४ लाख ५७ हजार

Logo
Popular News शनिबार, आषाढ ०९, २०८१

इनरुवा, ८ असार । कोशी गाउँपलिकाले अगामी आर्थिक बर्ष ०८१।८२ को लागि ५३ करोड ७४ लाख ५७ हजारको बजेट ल्याएको छ ।

शनिवार १६ औ गाउँसभा मार्फत सार्वजानिक भएको बजेट चालु आर्थिक बर्षभन्दा घटेर आएको हो ।

चालु आर्थिक बर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा अगामी आर्थिक बर्षमा कोशी गाउँपालिकालाई सुरक्षित र समृद्ध कोशीको आधार, कृषि पर्यटन र दिगो पुर्वाधार भन्ने दिर्घकालिन गन्तव्य हासिल गर्न नीति तथा कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष ऐयूव अनुसारीले गाउँसमामा पेश गरेको निति तथा कार्यक्रममा गाउँपालिकाका वडाहरुमा एक वडा एक उत्पादन पकेट क्षेत्र कार्यक्रम लागु गर्ने , अध्यक्ष कृषि आधुनिकीकरण कार्यक्रमको दायरा विस्तार गर्ने, कृषकहरुलाई व्यवसायीक कृषि तालिममा जोड दिने, दुध व्यवसायलाई प्रवर्दन गरिने, विधुत महसुलमा अनुदान दिने लगायतको नीति लिएको उल्लेख छ ।

त्यसैगरि पालिकामा एउटा व्यवस्थित सूचना केन्द्र संचालन गरिने, जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास गरि सेवा प्रवाहलाई प्रभावकारी बनाईने, छिटो छरितो तथा सुशासनमैत्री सेवा प्रवाह हुने वातावरण मिलाउने नीति लिएको छ ।

मोतियाविन्द तथा रतन्धो आँखा रोग भएका व्याक्तिहरुको उपचारको लागि रकम बढाएर तीन हजार पुर्याउने, विभिन्न औषधी, उपचार तथा बिीमा कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको अध्यक्ष अन्सारीले सभामा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800