देवानगञ्ज गाउँपालिकाको बजेट ४६ करोड ६२ लाख ८४ हजार

Logo
Popular News सोमबार, आषाढ ११, २०८१

इनरुवा, १० असार । देवानगञ्ज गाउँपालिकाको आगामी आर्थिक बर्ष ०८१।०८२ का लागि ४६ करोड ६२ लाख ८४ हजार रुपैयाको बजेट प्रस्तुत भएको छ ।
गाउँपालिकाको १५ औं गाउँसभामा उपाध्यक्ष कुमारी विभा यादवले उक्त रकम बरावरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन ।

पेश गरेको बजेट मध्ये चालु तर्फ ३३ करोड ८७ लाख ३० हजार र पुजिगत तर्फ १२ करोड ७५ लाख ५४ हजार विनियोजन गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषिलाई समानजनक र आकर्षक पेशाको रुपमा विकास गर्न, कृषि विउ तथा फलफूल निशुल्क रुपमा उपलव्ध गराउन, कृषि पशुपालन र तरकारी खेतीमा अनुदानको व्यवस्था गरि उत्पादनमा आत्मनिर्भर बनाउन र कृषि आय आर्जनको मुख्य क्षेत्रको विकास गर्न ७२ लाख बजेट विनियोजन गरिएको अध्यक्ष बेचन प्रसाद मेहताले बताए । साथै उनले पशुपालन र नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका लागि ३५ लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिए ।

यूवालाई खेलकुद प्रति प्ररेति गर्न अध्यक्ष कप प्रतियोगिता गर्नका लागि शिक्ष, यूवा तथा खेलकुद क्षेत्रमा पूँजीगत र चालु खर्च गरि १६ करोड २७ लाख विनियोजन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै गाउँपालिकाको सवै वडाहरुमा पूर्वाधार विकासका लागि विभिन्न आयोजनाहरु सञ्चालन गर्नका लागि प्रत्येक वडालाई ४० लाखको दरले २ करोड ८० लाख पँुजीगत बजेट र प्रत्येक वडालाई १२ लाखका दरले चालु खर्च उपलव्ध गराउने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800