सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान पठाउने

Logo
Popular News मंगलबार, आषाढ १२, २०८१

काठमाडौं, ११असार । सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान बापतको रकम पठाउने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष (२०८०/८१) मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी उक्त रकम पठाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सञ्चारमन्त्री शर्माले ‘अहिले ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमध्ये त्यसमध्येको ९३ प्रतिशत हुने गरी १६ अर्ब ७९ करोड २२ लाख तत हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ’, जानकारी दिइन ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800