इनरुवा, १४ असार । सामाजिक सञ्जालमा अश्लील शव्द प्रयोग गरेको आरोपमा स्थानिय प्रत्रकार गनेश कुमार यादव पक्राउ परेका छन ।
इनरुवा स्थित जिल्ला अस्पताल सुनसरीका डाक्टरहरुले साइबर क्राइम सम्वन्धी दिएको किटानी उजुरीको आधारमा शुक्रवार (आज) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नविनकृष्ण भण्डारीले बताए ।
यादवले इनरुवा अस्पतालको सेवा सुविधा प्रति प्रश्न उठाउदै डाक्टरहरुमाथी दुर्व्यवहार हुने किसिमले आक्रोसपुर्ण अभिव्यक्ति फेसवुक मार्फत सार्वजनिक गरेको आरोप रहेको डिएसपी भण्डारी जानकारी दिए ।
उनले अदालतबाट पक्राउ पुर्जी लिई पत्रकार यादवलाई नियन्त्रणमा लिएको जानकारी दिदै आजै ५ दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अघि बढाएको बताए ।
यादवलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै दिएको उजुरीमा पक्राउ नगरिए अस्पतालको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी डाक्टरहरूले दिएका थिए ।
सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पताल सुनसरीबाट हुने स्वास्थ्य सेवा प्रवाह र अस्पताल व्यवस्थापनका विषयमा विभिन्न कोणबाट प्रश्नहरु उठने गरेको छ।
यादव बविया मिडिया प्रालिका अध्यक्ष हुन भने आवर सुनसरी डक कमका सचालक समेत हुन ।