बिराटनगर, १४ असार । मोरङ्ग र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिवार अपरान्ह मोरङ्गको धनपालथान गाउँपालिका–७ स्थित खेतमा रहेको गोठमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको अवस्थामा ४९ बोरामा १ हजार ५ सय ४८ किलो ग्राम गाँजा बरामद गरेको हो ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्की समेतको प्रहरी टोलीले गोठमा खानतलासी गर्दा उक्त गाँजा बरामद भएको हो । गाँजा बरामद भए संगै गोठधनी राज कुमार सिंहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बिहिवार बेलुका सुनसरीको देवानगंज गाउँपालिका–१ स्थित इलाका प्रहरी कार्यालय देवानगंज र हरीनगराबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा २१ किलो २०० ग्राम गाँजा बरामद गरेको छ ।
देवानगंज–२ का २४ बर्षीय रणधिर यादव र भारत बिहार सुपौलका २९ बर्षीय सुनिल कुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुले प्रयाग गर्ने १ थान मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।