काठमाडौं, १७ असार । अर्थ मन्त्रालयले दीर्घरोगीका लागि औषधि उपचार खर्चबापत ३५ करोड २६ लाख १९ हजार रकम निकाशा गरेको छ ।अर्थ मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले दीर्घरोगीलाई उपचार खर्च बापत दिने रकम सम्वन्धी फाइल स्वीकृत गरेका हुन ।
उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् । उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुने अर्थ मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले दीर्घरोगका बिमारीको उपचार खर्चबापतको रकम माग गरेका थिए ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ ।