बुधबारसम्ममा राजीनामा दिन प्रधानमन्त्री दाहाललाई एमालेको आग्रह

राजीनाम नदिने माओवादी केन्द्रको निर्णय
Logo
Popular News मंगलबार, आषाढ १९, २०८१

काठमाडौँ, १८ असार । नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबारसम्ममा राजीनाम दिन आग्रह गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२) को व्यवस्थाबमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

यता नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800