काठमाडौँ, २० असार । नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
काठमाडौंमा जारी दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई अध्यक्षमा सर्वसम्मतरुपले चयन गरेको हो ।
यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् । भने पार्टीको सम्मानित नेतामा झलनाथ खनाललाई निर्वाचित गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।
उनले भने ’अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई हलले सर्वसम्मतरुपमा चयन गरेको छ । भने पार्टीको सम्मानित नेतामा झलनाथ खनाल चयन हुनुभएको छ, ।
पार्टीको अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गर्दै आएका थिए । तर अन्तिम समयमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै उम्मेदवारको मनोनयन दर्ता रोकिएको थियो ।
महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ।