विराटनगरबाट क्रिप्टो करेन्सी कारोबारमा संलग्न ६ जना प्रकाउ

Logo
Popular News शुक्रबार, आषाढ २२, २०८१

विराटनगर, २१ असार । क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालले विराटनगर महानगरपालिका–१५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टो कारोबार गरिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जित कुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव, २६ वर्षीय सिकिन्दर यादव र सप्तरी नर्घो घर भई विराटनगर–१५ मा डेरा गरी बस्ने ३३ वर्षीय संजिव कुमार मण्डल पक्राउ परेका हुन्।

उनीहरूको साथबाट १६ थान मोबाइल, विभिन्न बैंकका एटिएम ४४ थान, भारतीय नम्बरको सिम १३ थान, नेपाली नम्बरको सिम १९ थान, विभिन्न बैंकको चेक २८ थान, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाइकल ३ थान, इलेक्ट्री फ्रिंङगर प्रिन्ट र १ हजार ६ सय रुपैयाँ नगद बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रवक्ता दाहालका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800