सप्तकोशी नदीमा घटन थाल्यो पानीको बहाव

Logo
Popular News आइतबार, आषाढ २४, २०८१

इनरुवा, २३ असार । निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढदैगएकोमा अहिले बेलुका घटन थालेको छ ।

आज बेलुका ६ : ४५ बजेको पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख ८५ हजार छ सय ५० प्रतिसेकेण्ड पानीको बहाव रहेको जनाएको छ । आज दिउँसो तीन लाख ९३ हजार सात सय १५ क्युसेक प्रतिसेकेण्ड सम्म पानीको बहाव रहेको थियो ।

अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि प्रशासनले सतर्क रहन आग्रह गरिएको छ । भने कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले जनकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800