कोशी लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाई सिफारिस

Logo
Popular News आइतबार, आषाढ २४, २०८१

विराटनगर, २३ असार । लामो समयदेखि रिक्त रहेको कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्ष नियूक्त हुने भएको छ । अध्यक्षमा नियुक्तिका लागि पुर्वसचिव महेन्द्रप्रसाद गुरागाई सिफारिस भएका छन् ।

आइतबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले गुरागाईलाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी ब्यवस्था छ ।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष समय अवधि ६ बर्षको हुन्छ । यस अघिका अध्यक्ष उतम भट्टराईले उमेर हदका कारण अवकाश भएपछि अध्यक्ष रिक्त रहेका थिए ।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईसँग लोक सेवा आयोगमा काम गरेको अनुभव छ । उनले दुई वर्षअघि सेवाबाट अवकाश भएका थिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800