प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास

Logo
Popular News आइतबार, साउन ०६, २०८१

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।

आइतबार बसेको संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा गरिएको मत विभाजनमा ओलीले दुई तिहाइ सांसदको विश्वासको मत पाएका हुन् ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा संसदमा उपस्थित २६३ मध्ये १८८ सांसदले मतदान गरे ।

उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहितका दलले विपक्षमा मतदान गरे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले त्यसको भोलिपल्टै पदभार ग्रहण गरेका थिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800