निर्वतमान मुख्यमन्त्री कार्कीद्वारा सामाजिक विकास मन्त्रालयका सचिवलाई धम्की

सचिव भट्टराईद्धारा सुरक्षा माग
Logo
Popular News मंगलबार, साउन ०८, २०८१

विराटनगर, ८ साउन । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलार्ईे धम्की दिएका छन् ।
सोमवार साँझ ४ बजेर ५३ मिनेटमा फोन गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले कुटपिट गर्दै शौचालयमा थुन्ने धम्की दिएपछि भट्टराईले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरडमा निवेदन दिएका छन् ।

सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा समक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन्।
निवर्तमान मुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको उल्लेख गरेको छ ।

उनले भने, पूर्व मुख्यमन्त्रीले फोन गरेर तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु भन्नु भयो । मलाई असुरक्षा भयो मैले सुरक्षाको माग राख्दै निवेदन दिएको हुँ ।
विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईले बताए ।

केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो । आफू मुख्यमन्त्री हुँदै अर्थले सहमति नदिएर रोकिएको बजेटको विषयमा फोन गरेर कुटपिट गर्ने धम्की आएको सचिव भट्टराईले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफूकहाँ निवेदन पेश भएको बताए । उनले निवेदन परेपछि आफूले सचिव भट्टराईको सुरक्षाको प्रबन्ध मिलाएको बताए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800