वीपी प्रतिष्ठानमा बिगत चौध बर्ष देखि रोकिएको प्राध्यापक र कर्मचारीको बढुवा

Logo
Popular News शनिबार, साउन १२, २०८१

सुनसरी, १२ साउन । बिगत लामो समय देखी रोकिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापक र कर्मचारीको बढुवाको नतिजा प्रकाशित भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापक डाक्टर, कर्मचारीले बढुवाको माग गर्दै पटक/पटक हडताल, आन्दोलन गर्दै आएका थिए ।
प्रतिष्ठानकी प्रवक्ता प्राडा.अञ्जु प्रधानले बिहीबार विज्ञप्ति मार्फत उक्त जानकारी दिएकी हुन । बढुवामा कर्मचारी तर्फ १४ वर्ष र शिक्षक तर्फ ६ वर्षयता बढुवा रोकिएकाहरू परेको बताइएको छ ।

असार २७ गते प्रकाशित बढुवाको नतिजा अनुसार बढुवाको आवेदन दिनेहरू मध्ये स्थायी र करार शिक्षकहरू १९५ जनाको एक तह बढुवा भएको छ । यसैगरी कर्मचारीहरू स्थायी, परफर्मेन्स करार र करारमा कार्यरत ४०९ जनाको एक तह बढुवा भएको छ ।

३०९ जना कर्मचारीको स्तर वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानले २०७९ माघ २५ गते एक तह बढुवा तथा स्तरवृद्धिको लागि आवेदन माग गरेको थियो ।

आवेदनको आधारमा कार्यरत शिक्षक तथा कर्मचारीको कार्य मूल्याङ्कन तथा अन्तरवार्ता प्रक्रियाबाट आन्तरिक मूल्याङ्कन गरी बढुवाको नतिजा प्रकाशित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800