इनरुवा, १८ साउन । इटहरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार दिउसो इटहरीको मुख्य चौक स्थित ट्राफिक लाईट रहेको दक्षिण मोडमा ट्रकले ठक्कर दिँदा एक पुरुष साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिका १४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।
साइकल यात्री श्रेष्ठलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट जाँदै गरेको साइकल यात्रीलाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीको भनाई छ ।