बंगलादेशको घटनाक्रमपछि सुनसरीको सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

Logo
Popular News सोमबार, साउन २१, २०८१

सुनसरी, २१ साउन । बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि सम्भावित घुसपैठ हुन नदिन सुनसरीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाईएको छ ।
बंगलादेशबाट भारत हुँदै खास गरी कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रवेश गर्न सहज हुने भएकोले घुसपैठ रोक्न गृह मन्त्रालयले निर्देशन दिएसगै सुनसरीको सिमाक्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरि उच्च सतर्कता अपनाएको हो ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षाकर्मीलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

अनुमति बिना तेस्रो देशका व्यक्ति प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले त्यसलाई रोक्न सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) लाई निर्देशन दिएको छ ।

बंगलादेशमा सत्ता र विपक्षी दलबीचको टकराव तथा पछिल्लो समय आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि निम्तिएको संकटसँगै प्रधानमन्त्री शेखर हसिनाले राजीनामा दिई देश छाडेर भारत पुगिसकेकी छन् । उक्त घटनाको असर नेपालसम्म पर्ने सक्ने अनुमान गरी नेपाल सरकारले उच्च सुरक्षा अपनाएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800